ललितपुर महानगरपालिकाः मतगणनामा बदमासी गर्ने कर्मचारी रंगेहात फेला परेपछि…

ललितपुर, ९ जेठ । ललितपुर महानगरपालिकाको मत गणनामा गोलमाल गरिरहेको अबस्थामा एकजना कर्मचारी रंगेहात फेला परेका छन् ।

वास्तविक भन्दा बढी भोट बढाइरहेको अबस्थामा रंगेहात फेला परेपछि नायब सुब्बा सुरेश थापालाई मतगणनाास्थलबाट हटाइएको छ । मत गणनामा संलग्न भएर मत अल्मल्याउने र कांग्रेसको बढाउने गरेको पाइएपछि उनलाई हटाइएको हो ।

गणनामा बसेका एमालेका प्रतिनिधिहरुलाई शंका लागेर चेक गर्दा उनले मत बढाउने र नेपाली कांग्रेसलाई बाहिर निस्केर रिपोर्टिङ गरी रहँदा रंगेहात फेला पारेपछि थापालाई मतगणना जिम्मेवारीबाट हटाइएको बताइएको छ । उनको शंकास्पद व्यवहार देखिएपछि एमाले र माओवादीले आपत्ति जनाएका थिए ।

तर, मतगणनामा मनोमानी गर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टा भगाएर ढाकछोप गरेको, वडा नम्बर ९, ४ र २२ लगायतको पुनः मतगणना गर्न गरिएको माग अस्वीकार गरिएको लगायतका विषयमा विरोध जनाउँदै एमालेले मतगणना बहिष्कार गरेको छ । dainiknepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.