देउवा र ओलीबीच भनाभन, शेरबहादुरले भने- म प्रधानमन्त्री हुँदा तपाईंलाई के अप्ठ्यारो ?

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । मंगलबार संसद भवन बानेश्वरमा भेट्नासाथ देउवा र ओलीबीच भनाभन भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्‍यो भनेपछि देउवा आक्रोसित बनेको स्रोतले जनाएको छ ।

देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ? भन्दै प्रश्न गरेका थिए ।

मंगलबार विहान बालुवाटारमा भएको तीन दलको बैठकमा पनि ओलीले देउवाको आलोचना गरेका थिए । दिउँसो एमालेले गरेको पत्रकार भेटघाटमा पनि एमाले अध्यक्ष ओलीले देउवाको चर्को आलोचना गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा छन् । माओवादी र कांग्रेसबीच भएको समझदारी कार्यान्वयन भए प्रचण्डले छाडेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

तर, एमाले भने कम्तिमा दोस्रो चरणको चुनाव नहुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री देख्न चाहँदैन । चुनावको मुखमा स्थानीय तहको संख्या बढाएपछि आक्रोसित बनेको छ । यसलाई नै देखाएर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु अघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । source:onlinekhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.