पुर्नसंरचनाको विरोधमा कांग्रेस र माओवादीका घरमा आक्रमण

जनकपुरधाम : धनुषा जिल्लाको पूर्वी भेगमा रहेको रघुनाथपुर गाविसका आक्रोशित युवाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन्। विगत तीन महिनादेखी स्थानीय तहको पुर्नसंरचना विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयस्तरका नेताको घरमा आक्रमण गरेका हुन्।

स्थानीय निकायको संख्या थप्न आइतबार राति स्थानीय विकास मन्त्रालयमा बसेको धनुषाका सांसदको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले रघुनाथपुर गाउँपालिकाको विरोध गरेका थिए।

१४ हजार जनसंख्या रहेको रघुनाथपुरलाई दुई टुक्रामा विभाजन गरिएको र आफूभन्दा निकै कम जनसंख्या रहेको गाउँमा मिसाएर नगरपालिका बनाएको भन्दै रघुनाथपुरबासी आन्दोलित भएका हुन्। उनीहरुले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनेदेखि लिएर राजमार्ग घेराउसम्मको कार्यक्रम गरेपनि कुनै सुनवाइ भएन्।

आइतबार रातिको बैठकमा त्यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रेम किशोर साहले कुनै पनि हालतमा रघुनाथपुर गाउँपालिका हुन नदिने अडान राखेको बैठकमै सहभागी अन्य नेताहरुबाट जानकारी आएपछि गाउँलेहरु आक्रोशित भएका हुन्। बैठकमा नेपाली कांग्रेसकै सांसदहरु आनन्दप्रसाद ढुंगाना, मिनाक्षी झा, रामकृष्ण यादव, महेन्द्र यादव, डा.चन्द्रमोहन यादवलगायतले रघुनाथपुर गाउँपालिकाको विरोध गरेका थिए।

माओवादीका सांसद रामसिंह यादवले पनि कुनै पनि हालतमा रघुनाथपुर गाउँपालिका हुन नदिने अडान राखेका थिए। कांग्रेस र माओवादीसहित धनुषाका सांसदले धनुषामा एउटा मात्र गाउँपालिका थप्नु पर्ने भन्दै कांग्रेस कै सांसदको दबाबमा तीन नम्बर क्षेत्रमा गाउँपालिका थप्ने प्रतिवदेन बुझाएका हुन्।

सांस्कृतिक एवं धार्मिक महत्व बोकेको रघुनाथपुर गाउँपालिका हुने सम्भावाना कम देखेपछि सोमबार बिहानैदेखि रघुनाथपुर र आसपासका क्षेत्रमा बन्दको आह्वान गरी युवाहरु बासका भाटा लिएर होहल्ला गर्दै कांग्रेस, माओवादी र एमालेका नेताको घरमा आक्रमण गरेका हुन्। स्थानीयले विरोध स्वरुप आइतबार नै गाउँ पस्ने प्रमुख बाटोमा डोजर लगाएर खाल्डो खनीअवरुद्ध गरेका छन्।

स्थानीयले नेपाली कांग्रेस, माओवादी र एमालेका स्थानीय नेताले पार्टीबाट सामुहिक राजिनामा दिन दबाब सृजना गरेका छन्। गाउंमा विरोधको क्रममा झडपको अवस्था सृजना भएपछि स्थानीय प्रशासनले व्यापक मात्रामा प्रहरी परिचालन गरि अवस्थालाई सामान्य पारेको थियो। source:annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.