तोकियो प्रभाससँग विवाह गर्ने केटीको योग्यता ?

एजेन्सी, बाहुबलीमा अभिनय गरेपछि दक्षिण भारतीय कलाकार सबैको नजरमा परेका छन् । प्रभास सबैको नजरमा परेका त छन् नै उनी र भल्लालदेवको भूमिका निर्वाह गर्ने राणा दग्गुबत्तीसंग राम्रो सम्वन्ध स्थापित समेत भएको छ ।

उनीहरुको दोस्ती यति बढेको छ की राणा दग्गुबत्तीले त प्रभासको हुनेवाला दुलही कस्तो हुनुपर्छ भनेर सामाजिक सञ्जालमा पोष्ट नै गरिदिएका छन् । २०१६ को जनवरीमा राणा दग्गुबत्तीले एकदमै रमाइलो पाराले दुलहा र दुलहीको गुणको बारेमा पोष्ट गरेका हुन् ।राणा दग्गुबत्तीका अनुसार दुलहा एक योद्धा जस्तै र परिवारको पुर्ण जिम्मेवारी बहन गर्ने हुनुपर्छ । ६ फिट २ इञ्च अग्लो, घरको काममा सघाउने हुनुपर्छ ।

उनले प्रभाससंग विवाह गर्न चाहने केटीको विभिन्न खुबी हुनुपर्ने बताएका छन् । उनले केटी आकर्षक हुनु पर्ने, जंगल पहाड तथा हिउँमा समेत दौडन सक्ने हुनुपर्ने उनको शर्त छ । यसका अलावा तलवारबाजी निशानबाजी तथा हतियारको सबै लडाई जान्ने हुनुपर्ने पनि उनले शर्त राखेका छन् ।

उनले परिवारको इज्जत गर्न सक्ने तथा घरको काममा कुशल हुनुका साथै दुश्मनलाई पराजित गर्न सैनिकले जस्तै रणनीति बुन्न सक्ने हुनु पर्ने शर्त पनि राखेका छन् ।राणा दग्गुबत्तीले आफ्नो साथी प्रभासको लागि राखिदिएको यो शर्त अनुसार केटी पाइएला नपाइएला त्यो त हेर्न बाँकी नै छ ।

तर प्रभास आफै पनि निकै राम्री केटी हेरिरहेका छन् । बाहुबली २ रिलिज पछि उनको लागि आएको ६ हजार केटीको प्रस्ताव अस्विकार गरेको विषयले निकै चर्चा पाएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.