रञ्जु दर्शनाको उम्मेदवारीले जन्माएको आशङ्का

१० जेठ, काठमाडौं।

स्थानीय तहको निर्वाचन मिति घोषणासंगै एकाएक चर्चामा आएकी युवती हुन – रञ्जु दर्शना । देशकै महत्वपूर्ण र ठूलो काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने २१ वर्षीया रञ्जुको हिम्मतको तारिफ नगर्ने सायदै होलान्। विवेकशील नेपाली दलबाट उम्मेदवार बनेर चुनाव लडेकी दर्शनाले तेस्रो स्थानमा रहँदैै सम्मानजनक मत पनि ल्याएकी छिन्। यो उनको लागि ठूलो सफलता नै हो।

अब कुरा गरौँ विवेकशील दलको । व्यक्तिगत रुपमा रञ्जु दर्शना आँट र हिम्मत भएकी महिना हुन्। र, उनले नेतृत्व पनि गर्न सक्छिन् भन्ने कुरामा दुईमत छैन। तर, पार्टीको कुरा गर्ने हो भने भूमिका शङ्कास्पद देखिन्छ। विवेकशील नेपाली दलले उठाएका हरेक एजेण्डा नेकपा एमालेसंग मिल्दोजुल्दो हुने गर्दछ। विवेकशील दलले त्यो मुद्धामा विरोध गर्यो जुनमा एमाले थियो। यो खबर आजको घटना र विचार साप्ताहिकले ‘नेपाल पाना‘बाट साभार गरि छापेको छ।

उदाहरणको लागि अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरण होस्, चाहे डिआईजी नवराज सिलवालसम्बन्धति होस् वा प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग प्रकरण । यी सबै एमालेले उठाएका मुद्धा हुन् जसमा विवेकशील दल पछाडि-पछाडि लागेर हिडेको देखिन्छ। यसबाट के बुझिन्छ भने विवेकशील एमालेको निर्देशनमा चल्ने पार्टी हो।

खबरमा अगाडी लेखिएको छ,

कांठमाडौंको टिचिङ हस्पिटलमा बसेर चिकित्सा शिक्षा सुधारका लागि अनशन बस्ने डा. गोविन्द केसी होस् वा त्यो कदममा खुलेरै साथ दिने विवेकशील दल, अख्तियार प्रमुख लोकमान हटेपछि यी अस्ताए। काठमाडौंमा घन्टौं लोडसेडिङ हुँदा, धुलोधुवाँले स्थानीयलाई सास्ती हुँदा यी विषयमा न त गोविन्द केसी अनशन बसे न त विवेकशील नै बोल्यो। लोकमानविरुद्ध महाअभियोग लाउनुपर्ने भन्दै अनशन बस्ने गोविन्द र सडकमा रमिता देखाउने विवेकशीलले जनताका प्रत्यक्ष समस्या समाधानका लागि न आवाज उठाए न त कुनै पहल गरे।

अहिले विवेकशील दलले रञ्जु दर्शनालाई काठमाडौंको मेयरमा उठाएको छ। ‘२१ वर्षकी युवती पपुलर छिन्’ भनेर उनलाई अगाडि सारियो। सूत्रहरुका अनुसार उनलाई योग्यताका आधारमा नभई पब्लिसिटी र कांग्रेस माओवादीको भोट काट्न एमालेकै डिजाइनमा अघि सारिएो रहेछ। उनले चुनावमा १० हजारभन्दा माथि भोट पाएकी छिन्। यदि रञ्जुले पाएको भोट कांग्रेसका थिए र कांग्रेसले पाएको भए महानगरमा कांग्रेस जित्ने सम्भावना बढी रहन्थ्यो। तर, रञ्जुले ती भोट काटिन्। उस्तै पनि संगठनमा बलियो एमालेको भोट फिक्स छ।

रञ्जुदेखि किशोर थापासम्म जोसुकै उटै पनि तलमाथि हुने सम्भावना छैन। अहिले जति भइरहेको छ, त्यो कांग्रेसलगायत अन्य दलको हो।

त्यस्तै, सामाजिक सञ्जाल फेसबुकमै हेर्ने हो भने विवेकशीलले रञ्जु दर्शनाको प्रचारका लागि प्रमोशनलगायत विधामा अर्बौ खर्च गरेको पाइएको छ। एक अनुसन्धानात्मक प्रतिवेदनमा यतिसम्म लगानी गरेको पाइएको हो। जब कि यत्रो प्रचार कांग्रेस, माओवादीले गर्न सकेका छैनन्। शेरबहादुर, प्रचण्ड भ्रष्टाचारी होलान्। वर्षौदेखि ती राजनीति गर्दै सांसद छन्। तर, विवेकशीलले यत्रो प्रचार गर्यो कि त्यति त देउवा-प्रचण्डले गरेका छैनन्। रोचक कुरा त के छ भने विवेकशील पार्टी सत्तामा गएको पनि छैन न त ठूलो संगठन नै छ। अनि कहाँबाट आयो यत्रो पैसा ? यो गम्भीर प्रश्न खडा भएको छ।

सूत्रहरुलाई आधार मान्न हो भने यो पैसा एमालेको आग्रहमा युरोपियन युनियनले अनुदानमा दिएको हो।

यहाँनेर प्रश्न आउन सक्छ कि एमालेले विवेकशीलका लागि किन पैसा मागिदियो ? किनकी एमाले कांग्रेस र माओवादीलाई समाप्त पार्न चाहन्छ। त्यसका लागि उसले बाहिर राष्ट्रवादको ढोल पिटिरहेको छ भने भित्र विवेकशील, साझा पार्टीजस्ता संगठन बनाएको छ, जसले कांग्रेस र माओवादीको भोट काटोस् र आफूले चाहेको गर्न सकौं भन्ने एमालेको योजना छ। यदि कांग्रेस र माओवादी समाप्त भए भने आफूले चाहेका कुरा पुरा गर्न एमालेलाई कसैले रोक्न सक्दैन। त्यसकारण यो सबै डिजाइन एमालेकै हो भन्नेमा दुईमत नरहला।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.