निर्वाचन सकेर फर्किएका प्रहरीको गाडी दुर्घटना

सुर्खेत : सुर्खेतमा प्रहरीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिकोटमा स्थानीय तहको निर्वाचन सकेर वीरेन्द्रनगरतर्फ आउँदै गरेका प्रहरी सवार मिनी जीप मंगलवार दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य २५ जना प्रहरी घाइते भएका छन् ।सुर्खेतको साउनेपानी नजिक उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको ज्यान गएको छ ।

यस्तै अन्य २५ जना प्रहरी घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते मध्ये केहीको वीरेन्द्रनगरमा रहेको देउनी नर्सिङ्ग होम केहीको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

कालिकोटमा स्थानीय तहको निर्वाचन सकेर फिर्ता भएका प्रहरी सवार ना १ ग ४७६ नम्बरको गाडी दुर्घटनामा परेको हो । निर्वाचन सकेर फिर्ता हुँदै गरेका प्रहरी सवार गाडी दुर्घटनमा परेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार जीप अनियन्त्रीत भएपछि सडकबाट खसेको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.