काठमाडौं । काठमाडौँ महानगरपालिकाको ताजा मत परिणाम अनुसार अहिलेसम्म एमालेले अग्रता कायम राखेको छ।
एमालेका विद्यासुन्दर शाक्य ३६०० मत सहित अग्रस्थानमा छ् भने उनको निकटतम प्रतिद्न्वी काँग्रेसका राजुराज जोशी २३८२ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
त्यस्तै कान्छि उम्मेद्वारका कारण चर्चामा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शना १४२६ सहित तेस्रो स्थाननमा छिन्। उनले प्राप्त गरेको मत भन्दा आधा मतले साझा पार्टी पछाडि छ। साझा पार्टीका किशोर थापाले ७५६ मत सहित रञ्जुलाई पछ्याइ रहेका छन्।
त्यस्तै स्थापित पार्टी माओवादी केन्द्रका उम्मेद्वार सर्वोत्तम डंगोलले ४४१ मत मात्र प्राप्त गरेका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.