रुकुम । सिकोट नगरपालिकाको वडा नं १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन्।
उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन् । पार्टीको आन्तरिक तथा विस्तार जनपरिचालनमा निकै खटिने केसीलाई मेयरमाा टिकट दिनुपर्ने माग उनकै पार्टीभित्र दरो रुपमा उठेको थियो।
तर पार्टीभित्रको आन्तरिक समस्याका कारण पुरना नेता माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य देवीलाल गौतमलाइ मेयरमा उम्मेदारी दिने निर्णय भयो।
त्यहि बेला सामान्य रुपमा असन्तुष्ट बनेका केसीकी श्रीमती प्रेमकुमारी सुनार केसीलाई उपयेरमा उठाउने निर्णय माओवादी केन्द्रले गर्यो।
निकै मेहनती केसी दाम्पती पार्टिभित्रका ईमान्दार र पार्टीका लागि जुनसुकै बेला खट्न तयारी हुनेमा चिनिन्छन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
Post a Comment
Thanks.