भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालबीच निकै रोक मतपरिणाम आइरहेको छ।
आज शुक्रबार साँझ प्राप्त पछिल्लो मतगणना अनुसार एमालेका देवी ज्ञवालीले ३५ हजार ८ सय ९ मत प्राप्त गरेका छन् भने माओवादी कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले ३४ हजार ६७ मत पाएकी छन्। जुन प्राप्त मत अनुसार एमालेका उम्मेदवार ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार दाहालबीचको मतअन्तर १,७४२ रहेको छ।
अहिले भरतपुर महानगरको वडा नम्बर २३ मा मतगणना जारी छ। अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार वडा अध्यक्ष २३ मा एमालेका अध्यक्ष उम्मेदवारको २०९, माओवादी केन्द्रको १४१ र नेपाली कांग्रेसका उम्मेदवारलले १२८ मत पाएका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.