तक्मेलाई राष्ट्रपतिले दिइन् तक्मा, किन रसाए उनका आँखा ?

हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)ले राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पदक पाएका छन् । गएको वर्ष बजेट भाषणका क्रममा सरकारले गरेको निर्णय अनुसार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदक दिएकी हुन् । बजेट भाषण कार्यक्रममा, सुप्रवल जनसेवाश्री ८३ जनालाई, प्रवल जनसेवाश्री १३५ जनालाई र जनसेवाश्री मानपदवी ५१ जनालाई दिईने घोषणा भएको थियो ।

देशको गौरव वृद्धि गर्नमा योगदान पुर्याएको भन्दै सरकारले कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, विल्सन विक्रम राई र दयाराम दाहाललाई पदक दिने घोषणा गरेको थियो ।

तर, शितल निवासमा भएको कार्यक्रममा भने दयाराम दाहाल र विल्सन विक्रम राईले मात्र राष्ट्रपतिको हातबाट उक्त पदक ग्रहण गरेका छन् । राजधानी बाहिर रहेका सिताराम कट्टेलले भने आफुहरुलाई १४ गते पदक लिनका लागि निम्तो आएको जानकारी दिएका छन् ।

तक्मेले यसरी सम्झीए माग्ने बुढा

राष्ट्रपतिको हातबाट पदक पाएपछि विल्सन निकै खुशी छन् । यो खुशीको पलमा उनले सबैभन्दा पहिला लोकप्रिय बनेको तक्मे बुढा नाम दिने व्यक्तित्व केदार घिमिरे (माग्ने बुढा) लाई सम्झीए । उनी भन्छन्, ‘माग्ने बुढाले तक्मे नाम दिनु भएको थियो, आज सरकारले यति ठूलो तक्मा दियो । त्यसैले केदार घिमिरे (काका) प्रति निकै आभारी छु ।’

उनले पदक ग्रहण गर्ने बित्तिकै सबैभन्दा पहिला माग्ने बुढालाई फोन गरे । त्यसपछि आफ्नो बुवा अनी सुनिल थापा र सुरज सुब्बालाई फोन गरे । कलाकारीतामा मद्धत गर्नेहरुलाई सम्झीरहँदा उनका आँखा रसाएका थिए । यसैगरी, सानैमा छाडेर गएकी आमालाई सम्झीएर आर्शिवाद मागे ।
पदक दिँदै गर्दा राष्ट्रपतिले विद्यादेवी भण्डारीले मुस्कानसहित देश र जनतालाई अझै धेरै हसाउन आग्रह गरेकी छिन् । यो आग्रहले आफुलाई ठूलो हौसला दिएको उनी बताउँछन् । कलाकारीतामा जीवन बिताउने संकल्पका साथ उनले चलचित्र निर्माणमा पनि हात हालेका छन् । उनको पनि लगानी रहेको चलचित्र रातो घर जेठ १९ गतेदेखि प्रर्दशनमा आउने तयारीमा छ ।

source:gazzabkoonline

http://ift.tt/2r5hhgq
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.