‘बाहुबली २’ लाई लिएर प्रभासले गरे ठूलो खुलासा

फिल्म ‘बाहुबली २’ ले कमाईको सारा रेकर्ड तोडिसकेको छ । अहिलेसम्म ‘बाहुबली २’ ले १६ सय करोडमाथिको विजनेश गरिसकेको छ । फिल्माको सफलताको पछाडि प्रभासको ठूलो योगदान छ । हालैमा फिल्मलाई लिएर प्रभासको ठूलो बयान बाहिर आएको छ । उनले भने, ‘म यति राम्रो अभिनय पनि गर्न सक्छु भन्ने जान्दिन थिएँ । तर एसएस राजामौलीको ममाथि पूरा भरोसा थियो । ‘बाहुबली’ को भूमिका निर्वाहा गर्नु मेरो लागि सम्मानको कुरा हो ।’ प्रभासले अगाडि भने, ‘पाँच बर्ष त के म ‘बाहुबली’ का लागि सात बर्ष पनि दिन तयार थिएँ । म निकै भाग्यमानी व्यक्ति हुँ किनकी मैले ‘बाहुबली’ को भूमिका निर्वाहा गर्ने मौका पाएँ ।’ प्रभासले यो कुरा एक अन्तर्वार्ताको क्रममा बताएका हुन् ।

फिल्ममा अभिनय गर्न विषयलाई लिएर प्रभासले भने, ‘मलाई यो लाग्दैन थियो कि म कहिले अभिनय पनि गर्न सक्छु किनकी म निकै लजाउँछु । १८ बर्षको उमेरमा महशुस भयो कि म पनि फिल्ममा अभिनय गर्न सक्छु । मैले आफ्नो पितालाई यो कुरा बताए तब पिता निकै खुशी हुनुभएको थियो ।’ प्रभासले अगाडि थप्दै भने, ‘बाहुबलीले मलाई सबै दिएको छ । जसलाई म शब्दले बयान नै गर्न सक्दिन ।’ प्रभासको नयाँ प्रोजेक्ट ‘साहो’ हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.