खल्तिमा राजीनामा पत्र बोकेर हिँडेका प्रचण्डको फोन केपी ओलीले नउठाएपछि सिंहदरबारबाट नै राजीनामा दिँदै

काठमाडौं । खल्तिमा राजीनामा पत्र बोकेर हिँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोन केपी ओलीले नउठाएपछि बिहान ९ बजे बस्ने भनिएको ३ दलको बैठक अहिलेसम्म बस्न सकेको छैन । बालुवाटारमा ९ बजेका लागी बोलाइएको ३ दलको बैठकमा नेताहरुले केपी ओलीलाई करेर बस्दा नत उनी गए न प्रचण्डको फोन नै उठाए ।

ब्यबस्थापिका संसदलाई सम्बोधन गर्दै मंगलबार राजीनमा दिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तत सिंहदरबारबाट नै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको माओवादी केन्द्र निकट उच्च स्रोतले जनाएको छ । मंगलबार संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा जुटेका प्रचण्डले एमाले संसद अवरोध गर्ने संकेत देखेपछि आज बिहान ११ बजे सम्मका लागी स्थगीत बैठक अहिलेसम्म बस्न सकेको छैन ।

३ दलका शीर्ष नेतहारु एकै ठाउँमा भएपनि बैठक बस्न सकेको छैन । आज बस्ने भनिएको संसद बैठक एमालेले अवरुद्ध गर्न खोजे प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतको दाबी छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.