ललितपुरको छम्पिमा म्यादी प्रहरीले एक जना बृद्धको हत्या गरेका छन् । छम्पि ९ का ५४ वर्षीय दीपक परियारको हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक घर भइ चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको छ। मापसे सेवन गरेर बाटोमा हिँडदाँ दुइजनावीच झगडा भएको र ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए। परियारको हत्यापछि पाख्रिन फरार भएका थिए। उनलाई लुकेर बसेको अवस्थामा प्रहरीले चापागाउँबाट पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान गर्न ललितपुर प्रहरीले प्रहरीकै कुकुरसमेत प्रयोग गरेको थियो। कुकुरले घटनास्थलबाट पाख्रिन भागेको बाटो पत्ता लगाएपछि प्रहरीले सोही अनुसार अनुसन्धान अघि बढाएको थियो। कुकुरले संकेत गरेको बाटो पछ्याउँदै जादाँ पाख्रिन पक्राउ परेका हुन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.