नायिका रिमा लागूको हृदयघातका कारण मृत्यु, थुप्रै फिल्ममा निभाएकी थिइन् आमाको भूमिका

जेठ ४ – ‘हम आपके हे कौन’ समेत थुप्रै फिल्ममा अभिनय गर्ने नायिका रिमा लागू (५९) को निधन भएको छ । छातीमा अत्यधिक पीडा भएपछि उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती ३ बजेर १५ मिनेटमा उनले अन्तिम सास लिइन् ।

रिमाले हिन्दीका साथै मराठीमा पनि काम गरेकी थिइन् । उनले सलमान खानका थुप्रै फिल्ममा उनकी आमाको भूमिका निभाएकी थिइन् । यीमध्ये ‘मेने प्यार किया’, ‘आशिकी’, ‘हम आपके हे कौन’, ‘वास्तव’, ‘कुछ कुछ होता है’ र ‘हम साथ साथ हे’ जस्तो फिल्ममा अभिनय गरेकी थिइन् ।

टेलिभिजन सिरियलमा पनि काम गरिन्ः

रिमाले टेलिभिजन सिरियल ‘तू तू मे मे’ मा पनि काम गरिन् । सिरियलमा सासू बुहारीको लडाईंलाई दर्शकहरुले निकै मन पराए ।

रिमा लागूको वास्तविक नाम गुरिन्दर भदभदे थियोः

रिमाको जन्म सन् १९५८ मा मे १८ तारिखमा भएको थियो । उनको वास्तविक नाम गुरिन्दर भदभदे थियो । रिमाकी आमा मन्दाकिनी भदभदे पनि नायिका थिइन् । रिमाको विवाह मराठी नायक विवेक लागूसँग भएको थियो । विवाह पछि उनले आफ्नो नाम रिमा लागू राखेकी थिइन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.