रामचन्द्र पौडेलको पकड क्षेत्र : जहाँ कसैले सक्दैन काँग्रेसलाई हल्लाउन, आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी

दमौली, ४ जेठ । स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।

ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै गिनुमाया थापामगरले चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् ।

सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । सो गाउँपालिकामा विजयी भएका काँग्रेस कार्यकर्ताले विजय जुलुस मनाउँदै गाउँको परिक्रमा गरेका छन् ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्षमा काँग्रेसकी पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी नै बन्दिपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.