माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ।
यो समाचार आजको अन्नपूर्ण दैनिकमा चिरञ्जीवी ढुंगानाले लेखेका छन्। एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसदमा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिम निर्णय भएको छ। स्पष्ट रुपमा उम्मेदवारी नतोकिए पनि कांग्रेस सभापति देउवालाई माओवादी र मधेसवादी केन्द्रीत लगायतका दलहरुले अघि सारेको अवस्थामा एमालेका तर्फबाट उपाध्यक्ष गौतम स्वंय नै उम्मेदवार बन्ने जानकारी पार्टी उच्च स्रोतले दिएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहालले देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया संसदमा गएपछि प्रधानमन्त्री पदका लागि मैदान खाली हुने र प्रमुद प्रतीपक्षी दलको हैसियतमा एमालेले यसलाई उपयोग गर्ने बताए।
गौतमलाई चयन गर्दै अप्ठेरोमा पार्ने रणनीति हो भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘एमालेभित्र गौतम मात्रै होइन केपी शर्मा ओली, माधवकुमार नेपालजस्ता म्यारोडोना, पेले र रोनाल्डो रहेकाले दाहालको राजीनामापछि कुनै एक नेताले गोल गर्नुहुनेछ। प्रधानमन्त्रीको पदमा सुट गर्ने मौका पाउनासाथ कोही न कोही एमाले नेता गोल गर्दै प्रधानमन्त्री बन्नु हुनेछ।’
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.