राष्ट्रपतिले शीतलनिवासमा एकोहोरो प्रशंसा गरेपछि प्रचण्डले आँसु झारे !

काठमाण्डु, ७ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्रीले आइतबार राष्ट्रपतिलाई शीतलनिवासमा भेटेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्का उपप्रधान, स्थानीय विकास तथा संघीय मामिलामन्त्री विजयकुमार गच्छदार पनि राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । प्रधानमन्त्रीले आगामी आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमको ड्राफ्ट राष्ट्रपतिलाई बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सरकारले संवैधानिक व्यवस्थाअनुसार पहिलोपटक जेठ १५ मा बजेट ल्याउँदैछ ।

बजेटअघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भइसक्नुपर्छ । शीतलनिवास श्रोतका अनुसार राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन शुकलतापूर्वक नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद तथा बधाई दिएकी थिइन् । प्रधानमन्त्रीको अथक मिहेनतले पहिलो चरणको निर्वाचन सम्पन्न भएको र पहिलो निर्वाचनले दोश्रो चरणको स्थानीय तह निर्वाचन तथा संघीय र प्रदेशको निर्वाचनको ग्यारेण्टी गरेको उनको भनाइ थियो ।

‘तपाईंले ऐतिहासिक कामको नेतृत्व गर्नुभएको छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले काठमाण्डुटुडेसँग भन्यो, ‘तपाईंको मूल्यांकन इतिहासले गर्नेछ ।’ उनले पार्टी पराजित हुने जान्दाजान्दै निर्वाचन गराउने आन्ट गरेर प्रधानमन्त्रीले परिपक्व राजनीति नेताको परिचय दिएको बताइन् । राष्ट्रपतिले प्रशंसा गरेपछि प्रचण्ड केहीबेर भावुक बनेका थिए । उनका आँखा रसाएका थिए ।
Source : Kathmandutoday

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.