अनमोल केसी स्टारर बुहप्रतिक्षित फिल्म ‘कृ’ को सुटिङ ४० प्रतिशत सकिएको छ । नायकलाई सबैभन्दा बढि पारिश्रमिक दिएर बनाउनी अघि नै चर्चामा रहेको यो फिल्मको ४० प्रतिशत सुटिङ सँकिदा सम्म पनि नायिका अदिती बुढाथोकी सुटिङ सेटमा देखिएकी छैनन् ।
उपत्यकाको केहि सुटिङ सकेर फिल्मको टिम यतिबेला आँबुखैरेनीमा अनमोल र अनुपबिक्रमको केहि सटहरु खिचिरहेको छ । फिल्मको ४० प्रतिशत सुटिङ सँकिदासम्म पनि नायिकालाई सेटमा नदेखिनुले फिल्ममा अदितीको भुमिका छोटो हो कि भन्ने शंका उब्जाएको छ यद्यपी सुटिङ अझै धेरै बाँकी रहेको निर्माण टिमको भनाई छ ।
अदितीको रोल छोटो भएपनि महत्वपूर्ण बताउने निर्माण टिमले उनी अबको एक सातमा सुटिङ सेटमा हुने बताएको छ । आँबुखैरेनीको केहि सिनहरु सक्काएपछि फिल्म युनिट काठमाण्डौँ फर्कने छ भने त्यसपछि कतार, कास्कीको धम्पुस, तनँहुको बन्दीपुर र पुनःकाठमाण्डौँकै मंहगो क्लब ‘डेभाजु’मा फिल्मको अन्तिम गीतको सुटिङ हुने बताईएको छ ।
सुवास गिरी निर्मित यो फिल्मलाई अझै १ महिना लगाएर खिचिने बुझ्नमा आएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म आगामी भदौ ८ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएको थियो तर फिल्मको सुटिङको हिसावले सोहि मितीमा प्रदर्शनमा आउने समय भने टर्दै गएको छ । अनलाईन ईडिटिङ चलिरहेको भनिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.