रन्जु दर्शनाले सबैलाई उछिनिन् !

४ वैशाख, काठमाडौं ।

एउटा हल्ला थियो विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी २१ वर्षीय रन्जु दर्शनाले एक हजार भोट पनि ल्याउँदिनन् । तर, स्थानीय तहको निर्वाचनमा रन्जुले मतगणना सुरुभएदेखि नै कांग्रेस, एमालेका उम्मेदवारलाई तर्साउने नतिजा ल्याएपछि उनले धेरैलाई छक्क पारेकी हुन् ।

थोरै भोटमा सीमित हुन्छिन् भन्ने आम अपेक्षालाई उल्ट्याउँदै सुरुदेखि नै सम्मानजनक भोट ल्याएपछि रन्जुले भोटमा नजिते पनि धेरैको विश्वास जितेकी हुन् । २१ वर्षीय यी दर्शनाले जब सुरुदेखि नै कांग्रेसका राजुराज जोशी र एमालेका विद्या सुन्दर शाक्यलाई तर्साउने गरी भोट ल्याइन् उनले धेरैको मन जित्न पुगिन् । परम्परागत शक्ति रहेका कांग्रेसका उम्मेदवारलाई मतले जित्न नसके पनि एउटा प्रभाव पार्न सकेपछि उनले धेरैको विश्वास जित्न सकेकी हुन् ।

उनले अहिलेसम्म एमाले, कांग्रेसका उम्मेदवारपछि तेस्रो मत ल्याएकी छिन् । माओवादीका उम्मेदवारलाईसमेत पछाडि छोडेपछि काठमाडौंमा रन्जुको चर्चाले सामाजिक संजाल तातेको छ । उनी नयाँ पुस्ताकी आशा र भरोस गर्न लायक नेतृ बन्ने भन्दै उनको प्रशंशा गर्ने थुप्रै सामाजिक संजाल प्रयोगकर्ताहरु देखिएका छन् ।

रन्जुले जारी मत गणनामा दुई हजार पाँच सय मत कटाइसकेकी छिन् । जबकी उनले जम्मा यति मत ल्याउँने आम अपेक्षा थियो । यो मत १५ हजार जति गन्दाको हो । अब गन्न बाँकी एक लाख ७५ हजार बढी मत गन्दा रन्जुले थप कति मत ल्याउलिन् ? यही अनुपातमा जाँदा पनि उनले धेरै नै मत ल्याउने अनुमान गरिएको छ ।

कांग्रेस वा माओवादीका उम्मेदारले ७० हजार मत ल्याएर जित्दा रन्जुले यसको आधा मत मात्रै ल्याइन भने पनि उनले हारे पनि धेरैको मन जित्ने चर्चा गरिन्छ । कांग्रेस प्रमुखका उम्मेदवार राजुराज जोशीले त नयाँ दलहरु विवेकशील, साझा पार्टीले धेरै नै मत ल्याएको भन्दै उनीहरुमा पनि शक्ति रहेको प्रतिक्रिया दिएका छन् ।

अन्ततः हारे पनि रन्जुले नयाँ पुस्ताको रुपमा सबैलाई उछिन्ने भने पक्कापक्की छ ।source:nepaliheadlines.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.