ललितपुर : काठमाडौँ महानगरपालिकाको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाले ल्याएको मतको चर्चा चुलिँदा ललितपुरमा अर्की रञ्जुको विजय र्याली निस्किएको छ।
ललितपुर वडा नम्बर ३ को मतपरिणाम घोषणापछि मंगलबार दिउँसो विजय र्याली निस्किएको छ। वडा नम्बर ३ मा एमालेका श्रीगोपाल महर्जन विजयी भएका हुन्। यही वडामा दलित महिला सदस्यमा एमालेबाट २४ वर्षीया रञ्जु तोलाङ्गी निर्वाचित भएकी हुन्। उनलाई चुनौति दिने कोही नभएकीले उनी निर्विरोध भइन्।
ललितपुर उपमहानगरपालिकाका २९ वटा मध्ये चार वटा वडाको नतिजा घोषणा भएको छ। चार वडामध्ये तीनमा एमाले र एकमा कांग्रेस विजयी भएको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.