केपी ओलीका वडाध्यक्ष भन्छन्, ‘मतदानको दिन ओलीज्यूले मलाई आँखा तर्नुभएको थियो’

सूर्यविनायक नगरपालिका, वडा नम्बर २ का नवनिर्वाचित अध्यक्ष कमलनाथ आचार्यले मतदानको दिन आफूलाई एमाले अध्यक्ष केपी ओलीले ‘आँखा तरेको’ बताएका छन्।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले मतदान गरेको उक्त वडामा नेपाली कांग्रेसका आचार्य अध्यक्ष निर्वाचित भएका हुन्। ओली बसोबास गर्ने बालकोट त्यही वडामा पर्छ।

‘मतदानको दिन भोट हालेपछि उहाँसँग मेरो जम्काभेट भएको थियो। उहाँले मलाई आँखा तरेर हेर्नुभयो, किन हो थाहा छैन,’ निर्वाचन परिणाम घोषणापछि विजय जुलुसमा सहभागी भइरहेका बेला सेतोपाटीसँग कुरा गर्दै आचार्यले भने, ‘उहाँले आँखा तरे पनि म उहाँलाई आँखा तर्दिनँ, नम्र आँखाले हेर्छु।’

एमालेको मजबुत वडाका रूपमा हेरिएको २ नम्बरमा आचार्यले १३८५ मत ल्याएका छन्। उनी १७ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १३६८ मत ल्याएका छन्।

उक्त वडाका महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन्। एमाले तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट विजयी भएका छन्। सूर्यविनायक नगरपालिकाकै वडा नम्बर १ का अध्यक्षमा भने एमाले विजयी भएका छन्।

‘केपी ओलीज्यूको वडा भए पनि जनताले मलाई विश्वास गरे,’ नवनिर्वाचित वडाध्यक्ष आचार्यले भने, ‘म जनताको विश्वास कम हुन दिन्नँ, जनतालाई खुसी राख्छु।’

आफू जनताको हितमा काम गर्ने विश्वास दिलाउँदै उनले ओलीको क्षेत्र भएकाले उनलाई पनि अप्ठ्यारो परेका बेला आफू सहयोग गर्न सधैं तयार रहने बताए। ‘ओलीज्यूको वडा हो, यो समग्र वडाको समस्या मेरो सरोकारको विषय हो, ओलीज्यूलाई कुनै समस्या पर्यो भने म त्यसलाई पनि ध्यान दिन्छु र सुल्झाउन प्रयत्नरत रहन्छु,’ उनले भने। setopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.