हिन्दु राष्ट्र बनाउने घोषणापत्र बोकेर क्रिश्चियन युवती विजयी

काठमाडौं, जेठ ३ – हिन्दु धर्मको पक्षमा वकालत गरिरहने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्रिश्चियन धर्मावलम्बी उम्मेदवार विजयी भएका छन् ।

धादिङको रुबिभ्याली गाउँपालिकाको उपाध्यक्षमा क्रिश्चियन धर्मालम्बी बिना लामा विजयी हुनुभएको हो । उहाँले १ हजार ४ सय ९ मत ल्याउँदै नेकपा माओवादी केन्द्रकी अमृता तामाङलाई हराउनुभएको हो ।

बिना कलाकार पनि हुनुहुन्छ । उहाँले तामाङ भाषाका गीत गाउनुका साथै केही म्युजिक भिडियोमा अभिनय पनि गर्नुभएको छ । कलाकार लामाको समर्थनमा प्रचार गर्न कलाकार तथा राप्रपाकी नेतृ कोमल वली हेलिकप्टर चार्टर गरेर रुवी भ्याली पुग्नुभएको थियो ।

हिन्दु राष्ट्र बनाउने चुनावी घोषणापत्र बोकेर चुनाव लड्नुभएकी लामाले प्रमुख पार्टीहरुलाई चकित बनाउँदै जित्नुभएको हो । रुवी भ्यालीमा प्रमुख पद पनि राप्रपाले नै जितेको हो । राप्रपाका चेरुङ तामाङ अध्यक्षमा विजयी हुनुभएको हो ।

विधानमै हिन्दु धर्म र राजसंस्थालाई उल्लेख गरेको राप्रपालाई निर्वाचन आयोगले विधानबाट हिन्दु धर्म र राजसंस्था हटाउन निर्देशन दिएको थियो । तर राप्रपाले आन्दोलनबाटै निर्वाचन आयोगको निर्देशन फिर्ता गराएको थियो । विधानमा हिन्दु राष्ट्र कायम राख्नका लागि राप्रपाका अध्यक्ष कमल थापा आफू उपप्रधानमन्त्री रहेको मर्यादा समेत विर्सेर सडकमा उत्रनुभएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.