काठमाडौं महानगर : बढ्न छोड्यो काँग्रेसको मत, एमाले र रञ्जुको मत अझ माथि

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेको अग्रता झनै चुलिएको छ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य ४९ हजार २ सय ३६ मत सहित अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशी शाक्य भन्दा १४ हजार ९४० मतले पछि छन्। उनले जम्मा ३४ हजार २ सय ९६ मत प्राप्त गरेका छन्। यो अघि उनी शाक्य भन्दा १३ हजार ८८४ मतले पछि थिए।

त्यस्तै विवेकशील नेपालीकी रञ्जु दर्शना १७ हजार ८ सय ९ मत सहित तेस्रो स्थानमा छिन् भने उनलाई साझा पार्टीका किशोर थापाले १३ हजार ६ सय २१ मतले पछ्याइरहेका छन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.