देवी ज्ञवालीः पाहुन लाने जस्तो घर छैन, ९६ बर्षीय बुबा जितको खबर कुरेका छन् (भिडियो संवाद)

भरतपुर । स्थानीय तह निर्वाचनको पहिलो चरणमा सर्वाधिक चर्चामा कायम छ चितवनको भरतपुर महानगरपालिका। सत्ता साझेदार नेपाली कांग्रेस र माअोवादीका साझा उम्मेद्वारसँग अहिलेसम्मको मत गणना नतिजामा हावी भएरै टक्कर दिएका छन् एमाले उम्मेद्वार देवी ज्ञवालीले।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहालसँगको उनको टक्करले चासो थपेको हो।

ज्ञवालीले यो चुनावी लडाँइ रेणुसँग मात्रै नभएर सत्ता साझेदार दुई दलसँग भएको प्रतिकृया दिए।

मतगणना सुरू भएको आज ९ दिन भएको छ, ज्ञवाली आफ्नो घर पुगेका छैनन्। परिवारका सदस्य र इष्टमित्र उनी बसेको मामाघरमा भेट्न आउँछन्। मतगणनास्थल नजिकैको मामाघरमा ज्ञवाली बस्छन्। बिहान बेलुका र दिउसो लन्च आवरमा उनी भेटघाटमा हुन्छन्, बाँकी समय मत गणना स्थलमै भेटिन्छन्।

आफ्नो घर पाहुना, शुभेच्छुक र पर्टी कार्यकर्ता अट्ने क्षमताको नभएका कारण यतिबेला घरमा बस्न उनका लागि सहज छैन। यो बेला चर्चा र चासोको घेरमा मात्रै छैनन् उनी, भेटघाट गर्ने र मिडिया अन्तरवार्ता दिनेको पंक्ति पनि फेस गर्न उनी सदरमुकाममा बस्न बाध्य छन्।

चुनावी दाैरानमा उनले घर निकै मिस गरेका छन्। उनका ९६ बर्षका बुबा घरमा छोराको विजयको खबर पर्खेका छन्।

ज्ञवालीसँगको संवादको एक अंशः (विस्तृत संवाद प्रतीक्षा गर्नुहोस्)

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.