काठमाडौं। सबैको ध्यान केन्द्रित गर्न सफल भरतपुर महानगरपालिकाको चुनावी मतपरिणाम निकै रोचक हुँदै गएको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेकातर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रतालाई कामय राखेका छन्। ज्ञवालीले हालसम्म २० हजार ९ सय ८४ मत पाएका छन्।
एमालेलाई पच्छाउने क्रममा कांग्रेस, माओवादी केन्द्रका साझा उम्मेद्वार रेणु दाहालले १८ हजार ९ सय ८८ मत पाएकी छन्। यतिबेला वडा नम्बर ११ को मतगणना हुँदैछ। ११ वडाको ६०० मत गन्न बाँकी रहेको छ। सो वडामा एमालेले १९ सय ७२ मत पाएको छ भने माओवादी केन्द्रले ९ सय ५ मत पाएको छ। जवकी रुख चिन्हमा ११ सय ९५ मत खसेको छ।
कांग्रेसले मेयरमा उम्मेद्वारी नदिएर माओवादी उम्मेद्वार रेणु दाहाललाई समर्थन गरेको छ। तर कांग्रेसको मत उम्मेद्वार विहीन रुख चिन्हमा परेका कारण त्यसको फाइदा एमाले उम्मेद्वारले उठाएका छन्। यो वडामा अब ६ सय मत गन्न बाँकी छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.