बसमाथि खस्यो हाइटेन्सन लाइनः ६ को मृत्यु, २५ घाइते

एजेन्सी

जेठ ६ – यूपीको हमिरपुरको एक रोडवेज बसमा शनिबार बिहान हाइटेन्सन लाइन खसेपछि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला भएको बुझिएको छ । हाइटेन्सन लाइन खसेपछि बस नराम्रोसँग जलेको छ । उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् ।

एक भारतीय संचारमाध्यमको अनुसार भाथा–जसपुरा रोड नजिकै बान्दाबाट हमिरपुर जाँदै गरेको बसको स्टेरिङ अचानक फेल भयो र बस हाइटेन्सन पोलसँग ठोक्कियो । घाइते सबैलाई बान्दाको अस्पताल लगिएको छ । बसका ड्राइभर बिन्दा प्रसाद र सह–चालक अजय कुमार सुरक्षित भएको बताइएको छ ।

यात्रुले झ्यालबाट निस्किएर ज्यान बचाएः

एक यात्रु भन्छन्, ‘हामी बान्दादेखि हमिरपुर जाँदै थियौं । अचानक बाटोमा बस पल्टियो । हामी जसरी पनि झ्यालबाट बाहिर निस्कियौं । बसमा करिब ३० यात्रु यात्रा गरिरहेका थिए ।’

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.