जेष्ठ ११, २०७४- विवेकशील नेपाल दलबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार रन्जु दर्शनाले आफू र आफ्नो पार्टीले काठमाडौंवासीबाट विश्वासको मत पाएको बताएकी छन् ।
नयाँबानेश्वरमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले महानगरको मेयरमा विजयउन्मुख एमालेका विद्यासुन्दर शाक्यलाई बधाई दिँदै भनिन्, ‘मतका आधारमा पछि रहे पनि काठमाडौंको विश्वासका आधारमा हामी विजयी भयौं ।’
काठमाडौं महानगरको बिहीबार बेलुकीसम्मको मत परिणाममा विवेकशील तेस्रो शक्तिका रूपमा देखिएको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.