युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् ।

गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् ।

उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो ।

ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् ।
‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे ।

उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए ।

सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे ।

‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’

‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् ।

‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.