यो हो नेपालमा पनि पाइने विश्वको सबैभन्दा महंगो तरकारी, किलाको ५६ हजार !

दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारीको मूल्य उच्च भएका कारण धेरै गृहणीहरु हैरान छन् ।
विहान बेलुका छाक टार्न समेत महंगो मूल्य तिर्न परेका कारण कमाइ खान बस्नमात्र ठिक्क हुन अवस्थाले धेरैलाई सताएको छ । यस्तो अवस्थामा विश्वकै सवैभन्दा महंगो तरकारी बारे जानकारी पाएपछि तरकारी किन्नेहरुमा केही सन्तुष्टि मिल्छ हो ।

विश्वको सबैभन्दा महंगो तरकारी च्याउ भन्दा तपाईं पत्याउन हुन्न होला । तर यो साचो हो कि गुच्छी नामक च्याउ विश्वकै सबैभन्दा महंगो तरकारीमा पर्छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा मात्र पाइने यो च्याउ नेपालमा समेत पाइने गरेको छ । नेपालमा यसको खासै चर्चा नभएपनि भारतमा भने यो च्याउ सुन बराबरकै मानिन्छ ।कश्मीर, हिमाचललगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो ३० देखि ३५ हजार भारुमा बिक्दछ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गणले युक्त छ । यसको प्रयोग जाडोमा बढी हुने भएका कारण पनि आजभोली यसको माग उच्च भएको छ ।

भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.