स्वास्थ्यका लागि दूध राम्रो कि दही ?

दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ ।
दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् ।

दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न यसले मद्दत गर्छ ।
दूध छिट्टो पच्दैन र कब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ । खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ ।
एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भाृजनको समयमा दही पिउनुभयो भने तपाईंलाई फाइदा हुन्छ । तर यसको मात्रा तपाईंले खाने अन्य कुराको हदले निर्धारण गर्ने हो ।

राति कहिल्यैपनि दही खानु हुँदैन । मासु खानुभएको छ त बिर्सेर पनि दूध वा दही नखानुहोला । अनि बासी दही कदापि नखानुस् । मधुमेह भएकाहरूले दही नखाएकै राम्रो । रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले दही खानै हुँदैन ।
पञ्जाब केसरीबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.