विवाहपछि अधिकांस महिला मोटाउने यस्ता ७ कारण

एजेन्सी- द ओबिसिटी नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार विवाहपछि करिब ८२ प्रतिशत जोडी मोटाउँछन् । विवाहको ५ वर्षमा १० किलोसम्म तौल बढ्ने गरेको भेटिएको छ । अध्ययनमा पुरुषको भन्दा महिलाको तौल अत्याधिक बढ्ने गरेको पाइएको छ । यस्ता छन् विवाह पछि तौल बढ्ने १० कारणः

१ निद्रा पूरा नहुनुः विवाह पश्चात धेरै महिलाको सुत्ने र उठ्ने समय बदलिन्छ । यति मात्रै होइन, सात घन्टा भन्दा कम सुत्न पाउने भएकाले निद्रा पूरा हुँदैन । यसले तौल बढाउन भूमिका खेल्छ ।

२ हर्माेनल परिवर्तनः विवाह पछि महिलाको जीवनशैली परिवर्तन हुन्छ । यसले हर्माेनल परिवर्तन पनि ल्याउँछ, जुन मोटोपन बढाउने कारण बन्न सक्छ ।

३ बढ्दो उमेरः विवाह सँगसँगै महिलाको उमेर पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिज्म दर कम हुन्छ । यसले फ्याट बर्निङ हुने दर कम हुन्छ र तौल बढ्छ ।

४ सामाजिक दबाब कमजोरः विवाह अघि आफूलाई चुस्त दुरुस्त राख्नु सामाजिक दबाबका रुपमा लिइन्छ । विवाहअघि मोटीलाई ‘नराम्री’, ‘केटा नपाउने’ जस्ता टीप्पणी र भय समाजले सिर्जना गर्ने भएकाले फिट राख्न खोज्छन् धेरैले । तर, विवाहपछि यो प्रेसर स्वतः घट्नुका साथै आफ्नो ख्याल राख्ने समय हुँदैन उनीहरुसँग । यसकारण तौल बढ्छ ।

५ घरमै बस्नु वा धेरै समय टिभी हेर्नुः विवाह पश्चात अधिकांस महिला घरभित्रकै काममा व्यस्त हुन्छन् । बाँकी फुर्सदको समय टिभी हेरेर बिताउन रुचाउँछन् । शाररिक रुपमा निष्क्रिय रहँदा मोटोपन बढ्छ ।

६ तनाव बढ्नुः विवाह पछि नयाँ घर, नयाँ परिवार हुन्छ । आफूलाई त्यहाँ समायोजन गर्न मुश्किल पर्छ । जसले गर्दा तनाव बढ्छ । यसैपनि माइतिघर भन्दा कम स्वतन्त्रता र बढी डरले सदा तनावमा राख्छ महिलालाई । तनाव तौल बढाउने महत्वपूर्ण कारण मानिन्छ ।

७ खानामा परिवर्तनः खान खाने तरिका, परिकार र समय घरपिच्छे फरक पर्छ । विवाह पछि आएको घरको खानपान त्यसअघिको जस्तो नहुँदा पनि मोटोपनको शिकार भइन्छ । विशेष गरी घरको नयाँ सदस्य भएका कारण परिवारका सदस्यले सुरुमा धेरै खान प्रोत्साहन गर्ने भएकाले पनि मोटोपन बढ्न थाल्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.