भृकुटीमण्डप छाप्रो पसल गर्ने सरस्वति भइन् नगरपालिकाको उपमेयर, यस्तो छ अबको योजना

काठमाडौं। हरियो पालभित्र भृकुटीमण्डपलाई आधा फन्को लगाएर तन्किएको सस्तो बजारलार्इ तन्नेरीहरु ‘ब्लु कम्प्लेक्स’ भनेर चिन्छन्। सस्तोमा फेसनेवल पोशाक खोज्नेहरुको गन्तव्य नै हो यो। सस्तो बजारमा ४ सयभन्दा बढी पसल छन्। ब्लु कम्पलेक्स’ क्षेत्र नम्बर २ को एक कुनामा ४० नम्बरको पसल छ। यो पसल सरस्वती खड्काको नाममा छ। महिना दिनअघिसम्म पनि यहाँ सरस्वती सामान किन्न आउने ग्राहक सँग बार्गेनिङ गरिरहेकी भेटिन्थिन्।

सर्वहाराले किन्न सक्ने बजारकी साहुनी सरस्वतीको पहिचान स्थानीय तहको निर्वाचनले भने फेरेको छ। भृकुटीमण्डपलाई घेर्ने गरिबहरुको खुला बजारकी साहुनी सरस्वती दक्षिण पश्चिम काठमाडौंको कीर्तिपुर नगरपालिकाको उप प्रमुखमा रुपान्तरित भएकी छिन्।

बन्द पसल पुग्दा

सरस्वती कीर्तिपुरको उप प्रमुखमा निर्वाचित भएपछि उनको पसलमा पुग्दा ४० नम्बरको पसल त त्यहीँ थियो तर, सामान थिएन। यहाँ अरु व्यापारीले झै सरस्वतीले पनि बिहानै सामान ल्याएर पसल झकिझकाउ पार्थिन्, साँझ परेपछि उठाएर गोदाममा पुर्‍याउँथिन्। त्यो क्रम चुनावयता टुटेको छ। उनलाई फोन गर्दा कीर्तिपुर नै जान निम्तो मिल्यो।

उनी र्‍यालीमा सक्रिय थिइन्। अविर र मालाले छपक्कै उनको विजययात्राकै बीचमा हामीले उनको समय चोर्‍यौं। र, सुरु भयो एउटा फरक राजनीतिक यात्राको कथा उनकै मुखबाट :

म रसुवा जिल्लाको विकट पहाडी भेगमा जन्मिएर हुर्कीएकी चेली हुँ। ३८ सालमा जन्मिएकी म २०५१ सालदेखि नेपालको राजनीतीमा आवद्ध छु। कक्षा ६ बाटै। रसुवाबाट ५१ सालमा अनेरास्ववियुको सदस्य बनिरहँदा म किन राजनीतिमा जाँदैछु भन्ने थाहै थिएन।

किन राजनीति?

मेरो राजनीतिको मुख्य सार भनेको परिर्वतन नै हो। विभिन्न कारणले नेपालको राजनीतिले देशको विविध पक्षमा परिर्वतन गर्न सकेको छैन्।

देशको परिर्वतन गराउने नै मेरो मुख्य सपना हो। महिला हिंसाको अन्त्य सँगै हामी नेपाललार्इ नयाँ मोड दिने कोसिस गर्नेछौँ।

हामीले निर्वाचनभन्दा पहिले पनि विभिन्न खाले नयाँ एजेन्डा ल्याएका छौँ तिनै एजेन्डा पुरा गर्नेछौँ। कीर्तिपुरलार्इ पर्येटकीय गन्तब्य बनाउने हाम्रा एजेन्डा हुन्। त्यसैले मेरो राजनीति भनेको परिर्वतनका लागि हो।

कीर्तिपुरबासीले मलार्इ अमुल्य मतदात गरी जिताउनु भएको छ। त्यसैले म हरदम उहाँहरुको भलाइका लागि काम गर्नेछु।

अब घर व्यवहारको जिम्मा श्रीमानलार्इ

म कीर्तिपुरको उपमेयर पदमा निर्वाचित भएपछि मेरा अरु जिम्मेवारी पनि हुन्छन्। घरको काम गर्न समय निकाल्न सक्दिन होला। यसमा मेरा श्रीमानले सहयोग गर्नुहुनेछ। हाम्रा दुई सन्तान छन् जसको जिम्मा अब श्रीमानको हुनेछ।

हाम्रो घरको मुल्य आयस्रोत भनेको ब्यापार नै हो। काम ठुलो सानो हुँदैन। श्रीमान र म मिलेर भृकुटीमण्डपको सस्तो बजारमा ब्यापार गरेका छौँ।

चुनावको ब्यस्तताले पसल चलाउन सम्भव भएन। अब म ब्यापारमा लाग्ने समय रहेन। किनकि, नगरपालिकाको कामले ब्यापारमा लाग्न पाउँदिन। त्यो ब्यापारलार्इ मेरा श्रीमानले निरन्तर अगाडि बढाउनुहुनेछ।

-कर्णालि न्युज

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.