असोज ११ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘छक्का पन्जा २’ को छायाँकन यतिबेला धमाधम चलिरहेको छ। बर्ष २०७३ को सफल चलचित्रको सिक्वेलाको रुपमा निर्माण हुँदै गरेको चलचित्रमा धेरै नयाँ मुहारहरु समेत थपिएका छन् भने पुराना कलाकारको समेत बाहुल्यता रहेको छ। सामाजिक संजाल मार्फत छक्का पन्जामा संलग्न कलाकार सधै सुटिङ मार्फत अपडेट रहने गर्दछन् ।
सोहि क्रममा सामाजिक संजाल इन्स्टाग्राममा अभिनेत्री बर्षा राउतले केहि तस्विर शेयर गरेकी थिईन्। जहाँ उनको भिन्न लुक्स देख्न सकिन्छ। केहि समयमा हटाएका तीन तस्विरमा उनको लुक्स निकै फरक देखिएको छ ।
कलाकारको लुक्स कस्तो छ भन्ने चासो सवैतीर भैरहदा बर्षाको लुक्स सहितका तीन तस्विर तपाईको लागि प्रस्तुत गरेका छौ ।
साभारः 977mag
http://ift.tt/2rO5LmC
Post a Comment
Thanks.