प्रमुखमा अहिलेसम्मको नतिजा : एमाले ४, कांग्रेस ३, माओवादी २, स्वतन्त्र १

काठमाडौं, जेठ १ – अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । एमालेले चार, माओवादी केन्द्र दुई, कांग्रेसले तीन र स्वतन्त्र एक जना गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

एमालेका तर्फबाट डोल्पाको से फोक्सुन्डो र काइके गाउँपालिका तथा मनाङको चामे र नेस्याङ गाउँपालिका प्रमखुमा विजयी भएका छन् । काइकेमा अंगद राना, चामेमा लोकेन्द्र घले, नेस्याङमा कान्छा घले निर्वाचित हुनु भएको हो । यसअघिनै डोल्पाको से फोक्सुण्डोमा टाँसी तुञ्दुप गुरुङ निर्विरोध विजयी हुनु भएको थियो ।

कांग्रेस अहिलेसम्म तीन वटा गाउँपालिका प्रमुखमा विजयी भएको छ । मनाङको नारफु गाउँपालिकामा कांग्रेसका मिङमानर छिरिङ लामा यसअघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कांग्रेसका सुवर्णकुमार विष्ट विजयी हुनुभएको छ । यसैगरी बाग्लुङको तमानखोला गाउँपालिका प्रमुखमा कांग्रेसका जोकलाल बुढा विजयी हुनु भएको छ ।

माओवादी केन्द्र दुईवटा गाउँपालिकामा वियजी भएको छ । जुम्लाको गोठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी हुनुभएको हो । डोलपाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र विजय भएको छ । माओवादी केन्द्रका नरसिंह रोकाया विजयी हुनुभएको हो ।

त्यसैगरी मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.