कटप्पालाई पक्राउ गर्न अदालतको आदेश

बाहुबलीका कटप्पालाई अदालतले पक्राउ गर्न आदेश दिएको छ । तमिलनाडुको एक अदालतले मंगलबार आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको हो ।

यी कलाकारहरुमा बाहुबलीमा कटप्पाको भूमिकामा देखिएका अभिनेता सत्यराज, सूर्या, आर शरतकुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र चलचित्र निर्देशक चेरन शामिल छन् । मानहानीको एक मुद्दामा अदालतमा उपस्थित नभएको कारण निलगिरी क्रिमिनल कोर्टले यी कलाकारहरुविरुद्ध गैरजमानती पूर्जी जारी गरेको हो ।

कलाकारहरुविरुद्ध एक पत्रकारले मानहानीको मुद्दा दायर गरेका थिए । सन् २००९ मा यस ममिलामा तमिलनाडुको एक अखबारमा छापिएको लेखको दक्षिण भारतीय फिल्म कलाकारको संगठनले निन्दा गरेको थियो । देहव्यापारको एक मुद्दामा प्रहरीले फिल्म अभिनेत्री भुवनेश्वरीलाई पक्राउ गरेपछि एक अखबारले यस पेशामा जुडिएको भन्दै केही अभिनेत्रीहरुको सूची नै प्रकाशित गरेको थियो । जसलाई लिएर निकै विवाद भएको थियो ।

फिल्म कलाकारको भनाई थियो, उक्त लेखले फिल्म अभिनेत्रीहरुको छविलाई नुक्सान पुर्याएको छ । मुद्दा दर्ता गर्ने पत्रकारले फिल्म कलाकारहरुले एउटा अखबारको आलोचना गर्नुको साटो पूरै पत्रकार समुदायको अपमान गरेको दाबी गरेका छन् ।एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.