नवनिर्वाचित गाउँपालिका प्रमुखमाथि आक्रमण

जेष्ठ ७, २०७४- विजय जुलुसबाट फर्किदै गरेका ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनासहित कार्यकर्तामाथि आक्रमण हुँदा उनीसहित ७ जना घाइते भएका छन् । जनप्रतिनिधिहरु खुसीयालीमा विजयजुलुस गरेर घर फर्कने क्रममा ढुकेर बसेका करिब ५० जना एमाले कार्यकर्ताहरुले घेरेर आक्रमण गरेका प्रहरीले जनाएको छ ।

आक्रमणकारीले वियरका बोत्तललगायत घरेलु हतियारले प्रहार गरेको घाइतेहरुले जनाएका छन् । ज्वालामुखी ३ मैदीमा भएको आक्रमणमा घाइते भएका नरेन्द्र भट्टको अवस्था चिन्ताजनक भएपछि उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको छ भने महासमिति सदस्य यमनाथ दनैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख तिमिल्सिनाको टाउकोमा पाँच टाँका लगाइएको छ । प्रमुखसँगै रहेकी श्रीमती पनि आक्रमणमा घाइते भएको नेपाली कांग्रेसले जनाएको छ । घाइते हुनेमा दिवाकर शाहलगायत ७ जना कार्यकर्ता छन् । शनिबार साँझ अबेर भएको उक्त घटनालगत्तै आक्रमणमा प्रमुख एमाले कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको धादिङ कांग्रेसको आरोप छ । एमालेका स्थानीय नेताहरुले भने वियरको बोतलले हानेर कांग्रेसकै कार्यकर्ताले झगडा सुरु गरी एमालेका दुई जना कार्यकर्ता घाइते भएको जनाएका छन् ।

रोचक प्रतिस्पर्धाकाबीच एमालेका उम्मेदवार रामप्रसाद अधिकारी २६ मतको झिनो अंकले पराजित भएका थिए । एमालेका स्थानीय नेताहरुले वियरको वोत्तरले हानेर नेपाली कांग्रेसकै कार्यकर्ताले झगडा शुरु गरि एमालेका २ जना कार्यकर्ता घाईते भएको जनाएका छन् । आक्रमण संग प्रतिक्रिया लिन खोज्दा उनीहरुसाग सम्पर्क हुन सकेन ।kantipur.ekantipur.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.