काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाले शनिबार मध्य रातमा पनि नेकपा (एमाले) को अग्रता अझै तिब्र गतिमा आकासिएको छ। अहिले नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य ६१९७ मतको फराकिलो अन्तरले अग्रस्थानमा छन्। राति ९ बजेसम्म जोशी भन्दा शाक्य ५७१८ मतले अगाडी थिए।
शनिबार मध्यरातमा भारी मात्रामा मत बढेर नेकपा (एमाले)का उम्मेदवार बिद्यासुन्दर शाक्यको २०१९० मत पुग्दा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीको पोल्टामा १३९९३ मात्रै मत पर्यो। शनिबार साँझसम्म एमालेका उम्मेदवारले १८६२६ पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवारले १२९०८ मत पाएका थिए।
२० वर्ष पछि भएको स्थानीय निकाय निर्वाचनकी सबैभन्दा कान्छी उम्मेदवार रञ्जु दर्शनाले ८०५८ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ५९९८ मत पाएका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.