भुँडी घटाउन रोटी खाने कि भात ? यस्तो छ डाइटिसियनको जवाफ

यदि तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला । कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ ।

धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन । विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् । हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भारत र रोटीले फरक नपार्ने बताएका छन् ।

तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ । भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो । जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भारतमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ । चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.