काठमाडौंबाट जनकपुर जाँदै गरेको बस दुर्घटना

बारा । बारामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्।

निजगढ–हेटौंडा सड्कखण्डको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजश्व कार्यालयको चेक प्वाईन्ट नजिक बस दुर्घटना भएको हो। काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना.७.ख.१६४१ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको हो।

दुर्घटनामा धनुषाका ३२ वर्षीय किरण साह र महोत्तरीको रतौली–६ का ४५ वर्षीय बल्ला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर छ।

तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.