काठमाडौँ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली(की आमा सीता घिमिरे उपमेयरमा पराजित भएकी छिन् । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा माओवादीबाट चुनाव लडेकी उनले तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो । उनी भन्दा अघि एमाले र काँग्रेसका उम्मेदवारले मत पाए ।
बिहीबार अपरान्ह भएको मतगणना अनुसार, गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसका गजेन्द्र महर्जन विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम सिलवाल थिए ।
यसैगरी, उपमेयरमा कांग्रेसकी मुना अधिकारी कुवर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा सञ्जेलले थिइन् । कुञ्जनाकी आमा तथा धुर्मुशकी सासुआमा सीताको उपमेयर बन्ने सपनामा तुषारापात लागेको छ ।
कुञ्जना (सुन्तली) को आमाको रुपमा उनले चुनाव प्रचारप्रसारमा चर्चा पाए पनि मतदाताले खासै मत भने दिएको देखिएन । धुर्मुस र सुन्तली पनि उनका लागि मत माग्न गएनन् ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.