महांकाल गाउँपालिकाको वडा नं ६ मा एमाले उम्मेद्वार विजयी

काठमाडौं, जेठ १ – ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी हुनुभएको हो ।

यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याउनुभयो । यस्तै गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार (साझा पार्टीका) गणेश केसी अघि रहनु भएको छ । उहाँले ३१७ मत ल्याउनुभएको छ ।

यस्तै प्रमुखमा एमाले उम्मेद्वार रामचन्द्र दाहालले २५५, माओवादीका उम्मेद्वार बुद्धबहादुर नेगीले १३२ तथा कांग्रेस उम्मेद्वार भीमसेन घिमिरेले १०८ मत ल्याउनुभएको छ ।

गाउँपालिका उपप्रमुखमा भने एमाले उम्मेद्वार कमला लामा तामाङ ३६६ मतसहित अघि रहनु भएको छ । यस्तै कांग्रेसकी सुशीला अधिकारीले २२५ तथा माओवादीकी विमलादेवी आचार्यले १७३ मत पाउनु भएको छ । वडा नम्बर ६ मा कुल ८८८ मत सदर भएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.