राजेश हमालका कारण एमाले पराजित

काठमाडौं, ८ जेठ । भारतमा सेलिब्रेटीलाई चुनावमा उम्मेदवार बनाउने फेसन नौलो होइन, तर नेपालमा सेलिब्रेटीको सिफारिसमा टिकट दिएका कारण जितने ठाउँमा पनि एमालेले हारेको छ ।

एमाले काठमाडौंका संयोजक कृष्ण राई, अर्का नेता योगेन्द्र संग्रौला र सानु श्रेष्ठले प्रदेश इञ्जार्च अष्टलक्ष्मी शाक्यलाई समेत गुमराहमा पारी चलचित्रका नायक राजेश हमालले सिफारिस गरेको आधारमा पार्टीमा कुनै योगदान नभएका देवेन्द्र रिमाललाई काठमाडौं महानगरपालिका वडा नम्बर २६ को टिकट दिएका कारण त्यो वडामा पराजित भएको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

एमालेको राम्रो पकड रहेको वडा भए पनि कार्यकर्ताको भावना विपरित फिल्मका हीरोको सिफारिसका आधारमा टिकट दिँदा एमालेले हारेको छ ।

कार्यकर्ताको भावना विपरित रिमाललाई लादिएका कारण यसपटक एमालेको लहर आएको बेला समेत उक्त वडामा एमाले हार्न पुगेको छ ।

दुई महिना अगाडि मात्रै एमालेको सदस्यता लिएका रिमालले वर्षौं दुःख गरेका एमाले कार्यकर्ताहरूलाई नै रुवाएर नायक राजेश हमालको सोर्सफोर्समा टिकट लिएका थिए ।

रिमालका लागि मत माग्न टोल टोलमा हिँडे पनि नायक हमालले भनेअनुसार मत जनताले नदिएपछि उक्त वडामा कांग्रेसका ख्याम तिवारीले वडा अध्यक्ष जितेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.