बाल्यकालमा निकै गरिब र घरबार बिहिन जस्टिन यसरी भए एकाएक हिट

काठमाडौँ -पपस्टार जस्टिन बिबरका विश्वभर लाखौँ फ्यान छन् । उनी विश्वको जुन कुनामा पुगेर पनि स्टेजमा उभिँदा प्रशंसा नै बटुल्छन्, चाहे जे हर्कत गरून् । २३ वर्षका जस्टिन गायनमा मात्रै होइन, चल–अचल सम्पत्तिको सवालमा पनि विश्वका धनी व्यक्तिमा पर्छन् । तर, आजभन्दा १२ वर्षअघिसम्म जस्टिनको आर्थिक हालत खराब थियो । आखिर कसरी भए जस्टिन सानै उमेरमा हिट ? उनले विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आफ्ना संघर्षबारे सुनाउने गरेका छन् :

जस्टिन बिबर अहिले विश्वका सेलेब्रिटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन् । तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो । उनी निकै गरिब र घरविहीन बालक थिए । संघर्षले केही वर्षमै जस्टिनलाई यो उचाइमा पु¥याइदियो कि उनको बाल्यकाल जान्नेहरू आज जिब्रो निकाल्छन् । अहिले जस्टिनको मासिक कमाइको हिसाब करोडमा हुन्छ । जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगेका हुन् । ‘चर्चित हुनुअघि म यस्तो घरमा थिएँ कि जहाँ धेरै मुसाको बास थियो,’ बिबर भन्छन्, ‘रातमा खाली पेट कुनै पुलमुनि गएर पनि सुतेँ ।’

सामान्य बालक एकाएक सुपरस्टार बन्न पुगे । खासमा उनले १० वर्षको हुँदादेखि गाउन सुरु गरेका थिए । उनको गायन पाटोमा आमा पेट्रिसिया मेलिटको योगदान नै महत्वपूर्ण छ । श्रीमान्सँगको डिभोर्सपछि पनि उनले छोराकै भविष्यका लागि भन्दै दोस्रो बिहे गरिनन् । जस्टिन जन्मिएपछि सानोतिनो जागिर गरेर घर धानिन् ।

जस्टिन १२ वर्षका थिए, त्यतिवेला एक गायन प्रतिस्पर्धामा भाग लिए । त्यो प्रतिस्पर्धामा उनले ‘सो सिक…’ शीर्षकको गति गाएका थिए । छोराको यो प्रस्तुति रेकर्ड गरेर पेट्रिसियाले युट्युबमा सेयर गरिदिइन् । परिवार र साथीभाइ हुँदै धेरै श्रोताले उनको गायनशैली मन पराए । जस्टिनलाई पनि गायनमा अझ प्रेरणा मिल्यो । ‘आमाले चालेको कदमले नै गायनमा ल्याइपुर्यायो,’ जस्टिनले विभिन्न अन्तर्वार्तामा भन्ने गरेका छन् ।

जब स्कुटर ब्राउन नामका व्यक्तिले उनको प्रस्तुति युट्युबमा हेरे, तब जस्टिनको जीवनमा झन् कायापटल भयो । ब्राउन ‘सो सो डेफ रेकर्डिंस’का मार्केटिङ प्रमुख थिए । २००७ मा जस्टिनको गीत सुनेपछि उनले थप गीत रेकर्ड गर्ने अवसर दिए । यसपछि जस्टिनलाई चर्चित गायक असरसँग गाउने मौका मिल्यो । उनी गायनको सफलतातिर छिटो–छिटो फड्किए । तत्कालै ‘रेमन्ड ब्राउन मिडिया ग्रुप’सँग सम्झौता नै गरे । २००९ मा पहिलो एल्बम ‘वान टाइम’ सार्वजनिक गरे । गीतले सांगीतिक बजारमा कब्जा जमायो । लगातार ‘विलिभ’, ‘पर्पस’, ‘माई वल्र्ड’लगायत एल्बम निकाले । एक वर्षमै ८० मिलियन डलर कमाउन सफल भए । त्यसपछि जस्टिनलाई कहिल्यै पछाडि फर्किनुपरेको छैन । सानै उमेरमा उनी व्यस्त छन्, सफल छन् ।नयाँ पत्रिकाबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.