फरक मतः रेणु रेणु हुन्, सुजाता या रन्जु होईनन् !

दिवान लुङ्गेली मगर

नाफाको जीवन लिएर अहिले भरतपुर महानगर पालिकाको चुनावी मैदानमा संघर्ष गरिरहेकी रेणु दाहाल मृत्यु सङ्गको कयौं जम्काभेटमा संयोगले बाचेकी हुन।युद्धमा दिनदिनै कयौं योद्धा मारिईरहदा उनी पनि मारिन सक्थिन।न्याय,समानता र आधुनिक नेपाली समाजको निर्माणका खातिर आफ्नो पुरै जीवन लगानी गरेकी रेणुलाई अहिले नानाथरी अमुक आरोपहरु लगाएर किन अपमान गरिदै छ ? किन अन्धो बन्दैछौ हामी ? के हामीलाई इतिहासको कठघरामा उभिनु पर्दैन ?

पिता प्रचण्डले आम जनाताका छोराछोरीलाई सहभागी गराएर जनयुद्धको नेतृत्व लिईरहदा रेणु कुनै सुबिधा सम्पन्न इङलिस स्कुुलमा पढिरहेको भए वा कुनै संघ÷संस्थामा नियुक्ती लिएर लाभको पदमा बसेर आय–आर्जन गरिरहेको र अहिले आएर प्रधानमन्त्री पुत्री वा कुनै एक पार्टी अध्यक्षको छोरी भएको नाताले एक्कासि टिकट हत्याएकि भए सो आरोपमा अलिकति भएपनि जीवन हुन्थ्यो । तर, उनी त बाल्यकाल देखिनै जनयुद्धको हिस्सा बन्न पुगेकि हुन् । परिवार जता जता ‘सेल्टर’ सर्दै गयो उनी पनि उतै उतै हुर्किदै गएकी हुन्।

धनाढ्य छोरीहरु एसीको शितलमा सुस्ताउदै मोनालिसा र डायनाहरुको सुन्दरताको राज उत्सुकतापुर्वक पढ्दै गर्दा रेणु युद्धको भट्टिमा रगत पसिना बगाउँदै आफूभित्र झासिकी रानी र नानुमैया दाहालहरु खोज्दै थिईन

उनको दौतरी टाइ सुटमा सजिएर बोर्डिङमा किताब कलमसँग खेल्दा उनी नेपाली जनताको मुक्तिको खातिर बम र बारुदको रंगमा रङ्गिएकि नारी हुन् । उनको उमेरको कुनै धनाढ्य छोरीहरु एसीको शितलमा सुस्ताउदै मोनालिसा र डायनाहरुको सुन्दरताको राज उत्सुकतापूर्वक पढ्दै गर्दा रेणु युद्धको भट्टीमा रगत पसिना बगाउदै आफूभित्र झासिकी रानी र नानुमैया दाहालहरु खोज्दै थिईन सायद । उनको मौलिक राजनीतिक इतिहास छ । उनी सुजाता जस्ती पनि हैनन् या त हुन रन्जु दर्शना जस्ती ।

बिरोधीहरुले रेणुलाई लगाएको आरोप र हामीले उनलाई गरिरहेको अपमान इतिहास माथिको अपमान हो । यो रेणुको क्षमता र राजनीतिक योगदानमाथि गरिएको चानचुने शंका मात्रै हैन सिङ्गो नारीहरुको क्षमतामाथि उठाईएको यक्ष्य प्रश्न हो । यो गलत संस्कार माथी हामीले एकजुट भएर निर्मम प्रहार गर्न चुक्यौ भने हाम्रो पुस्तालाई इतिहासले धिक्कार्ने छ।

रेणुको क्षमता र राजनीतिक योगदानमाथि गरिएको चानचुने शंका मात्रै हैन सिङ्गो नारीहरुको क्षमतामाथि उठाईएको यक्ष्य प्रश्न हो ।

रेणुलाई प्रधानमन्त्री वा प्रचण्ड पुत्रीको नाताले नासही तर एउटा सिङ्गो महिला आन्दोलनको प्रतिनिधि पात्र भएकी नाताले र उनको बर्गनिष्ठाको मुल्यलाई सम्मान गर्दै रेणुलाई राजनैतिक प्रतिशोधको मोहरा नसम्झिन र क्षणिक चुनावी फाईदाको लागि उनको नाम र नातालाई कुनैपनी मुल्यमा लिलामी नगरिदिनहुन सबैलाई हार्दिक अनुरोध गर्दै म पुर्ण समर्थनका साथ उनको अभूतपूर्व विजयको कामना गर्दछु । source:everestdainik.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.