‘ड्रिम्स’ हिट हुनासाथ साम्राज्ञी राज्यलक्ष्मी शाहले भनेकी थिइन्, ‘धेरै होइन, राम्रो फिल्म खेल्छु ।’ अनमोल केसीको स्टारडमलाई उछिन्दै आफूलाई ‘मार्क’ गराउन सफल हिरोइनले यस्तो प्रतिबद्धता जनाएपछि फिल्मवृत्तमा चर्चा हुने भइहाल्यो तर रमाइलो कुरा, डेढ वर्ष बित्न नपाउँदै आफ्नो बोली आफैँले काटेकी छन् ।
कसरी भने उनी अभिनीत तीन फिल्म रिलिज हुन बाँकी छ, ‘तिमीसँग’, ‘ए मेरो हजुर २’ र ‘मंगलम’ । अझ ‘तिमीसँग’ र ‘ए मेरो हजुर २’ मा त उनको मुख्य भूमिका नै छ । तर, उनलाई नयाँ फिल्म खेल्न हतारो भइसकेको छ । त्यसैले त रिनाशा बान्तवा राईको निर्देशन रहने ‘इन्टु मिन्टु लन्डन’मा अनुबन्ध भइन् । भोलि लगातार फिल्म रिलिज हुँदा आफ्नो क्रेज घट्छ भन्ने हेक्का यी सुन्दरीलाई होला/नहोला ?
साभारः नेपाल खबरपत्रिका
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.