कान्छी निर्वाचित सदस्य भन्छिन्- गाउँगाउँमा शिक्षाको चेतना फैलाउँछु

गजुरी (धादिङ) : २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा धादिङको गजुरी गाँउपालिकाबाट २२ वर्षीया कविता बराल महिला सदस्यमा विजयी हुनुभएको छ। स्थानीय तहको उम्मेदवार हुन २१ वर्ष पुरा हुनु पर्ने स्थानीय तह निर्वाचन सम्बन्धी ऐनले व्यवस्था गरेको छ। ऐनले व्यवस्था गरे बमोजिम बराल उम्मेदवारी दर्ता गर्ने दिन २०७४ वैशाख १९ गते २२ वर्ष १८ दिन पुग्नुभएको थियो।

२०५२ साल वैशाख १ गणेश बराल र कृष्णकुमारी बरालकी जेठी छोरीको रुपमा जन्मिनुभएकी कवितालाई नेकपा एमालेले उम्मेद्वार बनाएको थियो। महिला सदस्य पदमा विजयी भएसँगै स्थानिय तहको निर्वाचनमा कविता कान्छी सदस्य भएको उनका बुबा गणेश बरालको दाबी छ।

उहाँ अहिले किराञ्चोक माद्यामिक विद्यालय किराञ्चोमा कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ। स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले गर्ने कामको बारेमा सबै जानकारी आफुलाई नभएपनि आफ्ना अग्रजहरुबाट सिक्दै गाउँको विकासमा लागि पर्ने बरालको भनाइ छ।

धादिङ साक्षर जिल्ला घोषणा भइसकेपनि अझैपनि गाउँ गाउँमा अशिक्षित ब्यक्तिहरु रहेकाले आफू विजयी भएसंगै आफ्नो गाउँमा अशिक्षित रहेका व्यक्तिहरुलाई शिक्षित बनाउन पहिलो अभियान संचालन गर्ने उहाँको भनाइ छ।

‘अहिले सानी नै छु, धेरै कुरा जानेको बुझेको छैन, विस्तारै सिक्दै जाने हो, आफ्नो गाउँमा भएका समस्याहरुलाई पालिकासम्म लगेर समाधानको पहल गर्छु’, बरालले भन्नुभयो, ‘गाउँमा भएका अशिक्षित ब्यक्तिहरुलाइ शिक्षाको बाटोमा लैजानको लागि काम गर्छु।’

गत वर्ष उहाँले गाँउकै सहदेव कुँवरसंग विवाह गर्नुभएको छ। बरालको माइती र घरपविार २०४७ सालपछि नेकपा एमालको शुभचिन्तक हुन्। परिवार नेकपा एमालेको पृष्ठभूमिको भएकाले आफूलाई एमालेले उम्मेद्वार बनाएको उहाँको भनाइ छ।

अझ रोचक कुरा त के छ भने उहाँले उम्मेद्वारी दिनुभएको वडाबाट नेकपा एमालेको तर्फबाट कविता मात्रै विजयी हुनुभएको छ। गजुरी गाउँपालिका वडा नं ८ को वडा अध्यक्षसहित अन्य सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरु विजयी हुनुभएको भएपनि महिला सदस्यमा भने कविताले बाजी मार्नुभएको हो।

‘मैले काम गर्न सक्ने देखेर, मलाई विश्वास गरेर मतदाताले भोट दिएर जिताउनुभएको छ,’ कविताले भन्नुभयो, ‘आफ्नो वडामा एमालेको तर्फबाट आफू एक्लै विजय भएकाले थप जिम्मेवारी छ, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिवद्धता पूरा गर्नुपर्छ, त्यसका लागि भूमिका खेल्छु।’ यस अघि धादिङको थाक्रेमा ८६ वर्षीय चन्द्रमाया विक थाक्रे गाँउ पालिका वडा नं. ५ बाट दलित महिला सदस्यमा विजय हुनुभएको थियो। source:annapurnapost.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.