उपेन्द्र यादव र केपी ओलीबीच भयो कसैले नसोचेको डरलाग्दो सहमति !

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई महत्वपूर्ण समझदारी भएको छ ।

स्रोतका अनुसार उपेन्द्र र ओलीबीच संविधान संशोधन विधेयक पारित हुन नदिने समझदारी भएको हो । यसबारेमा दुई नेताबीच विभिन्न चरणमा गोप्य छलफल भैरहेको छ ।

‘उपेन्द्रजी र ओलीजी संविधान संशोधन गर्न नदिने निष्कर्षमा पुग्नुभएको छ । ओलीजी पहिल्यैदेखि विरोधी हुनुहुन्छ । अहिले उपेन्द्रजी आफै त्यो एजेण्डामा आउनुभएको छ । उहाँले नै ओलीलाई भेटेर संशोधन हुन नदिनुस्, विरोध गर्नुस् भन्दै आग्रह गरिरहनुभएको छ,’ स्रोतले भन्यो– ‘यदि एमालेले विरोध गर्यो र संशोधन हुन दिएन् भने अब बन्ने एमालेको सरकालाई साथ, सहयोग र समर्थन गर्ने बचबद्धता उपेन्द्रजीले गरेका छन् । यसमा कुरा धेरै अगाडि बढिसक्यो भोलि वा पर्सीसम्ममा सहमति हुन्छ ।’

एकाएक किन संशोधनको विरोधमा उत्रिए उपेन्द्र ?

उपेन्द्र यादवको पार्टीले पहिलो चरणको स्थानीय निर्वाचनमा भाग लिएको छ र केहि स्थानमा राम्रो मत पनि हासिल गरेको छ । तर, अर्काेतिर ६ मधेसी दल मिलेर बनेको राजपा नेपालका नेताहरु उपेन्द्रले मधेसका मुद्दा बिर्सिएको भन्दै बारम्बार आरोप्रत्यारोमा उत्रिएका छन् । उपेन्द्रलाई संघीय गठबन्धनको संयोजकबाट हटाइदिए । र, संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने र भाग पनि नलिने अडानमा छन् । यसबीचमा उपेन्द्र राजपाका नेतालाई देखाइदिन संशोधन हुन नदिई जसरी पनि चुनाव गराउन लागिपरेका हुन् । यसो भयो भने राजपा चुनावमा भाग लिने छैन् र मधेसमा उपेन्द्र एक्लै चुनावी मैदानमा उत्रिदा धेरै स्थानमा जित्नेछन् ।

स्रोतका अनुसार राजपालाई चुनावमा ल्याउन सरकारले टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिई उन्मुक्ति दिने निर्णयमा एमालेले आज विरोध गर्नुमा उपेन्द्र र ओलीकै छलफलको परिणाम हो । यदि यो निर्णय कार्यान्वयन भयो भने केही हदसम्म राजपालाई चुनावमा आउने वातावरण बन्थ्यो । तर, अब एमालेको विरोधपछि यो निर्णय कार्यान्वयन आउन मुश्किल छ ।
source:nepalpana.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.