भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी छ।
वडा नं. २५ सम्मको मत गणना सकिदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवी ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका थिए भने सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहाललाई २८ हजार ९ सय ३३ मत प्राप्त भएको थियो। मेयर पदमा ज्ञवाली र दाहालबीच एक हजार ७ सय ४९ मतको अन्तर थियो। आज वडा नम्बर १५ को अन्तिम नतिजा अनुसार रेणुले देवीलाई ३७३ मतले उछिनेकी छन्। उनले १५ को मतगणनामा १७४६ मत पाएकी छन् भने देवीले १३७३ मत पाएकी छन्।
यसअघिको १४ नम्बर वडासम्मको मत गणना सकिदा मतान्तर एक हजार ९ सय ६१ थियो। मंगलबारसम्म देवी ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८ सय ३६ मतले अगाडि थिए।
पछिल्लो मत गणना अनुसार देवी ज्ञवालीले ३२ हजार ५५ मत पाएका थिए भने रेणुले ३० हजार ६ सय ७९ मत पाएकी छन्। अहिले पनि देवी १३७६ मतले अगाडि बढिहरका छन्।
बुधबारबाट मतान्तर निरन्तर ओरालो लागेको हो।
यसको वडाध्यक्षमा कांग्रेसका उम्मेद्वार १७४३ मत ल्याएर विजयी भएका छन्।
२९ वटा वडाहरु रहेको भरतपुरमा अब ९ वटा वडाहरुको मत गणना बाँकी छ। एमालेको राम्रो मतआधार भएका वडाहरुको गणना सकिएका कारण सो पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना नभएको कांग्रेसका नेताहरूले दाबी गरेका छन्।
तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बनाएका छन्।
भरतपुरमा २० वटा वडाको मत गणना सकिएको छ। जसमा एमाले १०, काँग्रेस ७ वडामा विजयी भएको छ र माओवादी तीन वटा वडामा वडाध्यक्षमा विजयी भएको छ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको केन्द्रमा रहेको भरतपुरको मतगणनामा सबैको ध्यान छ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन उम्मेद्वार प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिष्पर्धा छ।
१ लाख १२ हजार ७ सय ४१ मत खसेको भरतपुरमा झण्डै ८० प्रतिशत मत गणना भएको छ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.