जन्मदिनमा साम्राज्ञीको ‘ब्वाइफ्रेन्ड’ सार्वजनिक

‘ड्रिम्स’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जन्मदिनको अवसर पारेर ‘ब्वाइफ्रेन्ड’ सार्वजनिक गरेको खबरले यतिबेला फिल्म वृत्त तातेको छ । शुक्रवार आफ्नो २१ औँ जन्मदिनको अवसर पारेर साम्राज्ञीले प्रेमी मइंक खड्का (राहुल) सँगको कोलाज तस्बिर आफ्नो फेसबुक पेजमा राखिन् । र, अंग्रेजीमा लेखिन्, ‘द डे ह्याज जस्ट बिगन’ । बुझिएअनुसार साम्राज्ञी लामो समयदेखि राहुलसँगको प्रेममा छिन् ।

काठमाडौँ, दरबारमार्गको भिक्ट्री लाउन्जमा उनीहरूले थुप्रै पल्ट डेटिङ गरेका तस्बिरसमेत फेला परेका छन् । राहुल र साम्राज्ञीको प्रेमका विषयमा उनीहरूको परिवार पनि जानकार रहेको बुझिएको छ । भर्खरै पोखरामा सम्पन्न साम्राज्ञीको नयाँ फिल्म ‘ए मेरो हजुर–२’को सुटिङ स्पटमै राहुल उनलाई भेट्न पुगेको समेत स्रोत बताउँछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.