गोदावरीमा रमेश र आशिष्माको डेटिङ, नकापधारीद्वारा आक्रमण –

सञ्चारकर्मी तथा मोडल रमेश तिवारीमाथी आक्रमण भएको छ ।आशिष्मा नकर्मीसंगको डेटिङ्को समयमा नकापधारीको एक समुहले ललितपुरको गोदावरी जंगलमा आक्रमण गरेका हुन् । आक्रमण पश्चात फरार रहेका उनीहरुको खोजी कार्य जारी छ । आक्रमणबाट सख्त घाईते तिवारीलाई नजिकैको एक हस्पीटलमा उपचार गरीँदै छ । प्रत्यक्ष दर्शीका अनुसार तिवारीलाई मुखमा कालो पट्टीबाँधेका ६ जनाको टोलीले आक्रमण गरेर फरार भएका हुन् ।

प्रशङ्ग रियालीटी नभएर रिलमा हो । उदियमान गायक विशाल घिमिरेको आवाजमा रहेको गीत ‘जति धेरै माया’को छायाङ्कन सकिएको छ । माथी उल्लेखीत प्रशङ्ग नायिका आशिष्मा नकर्मीकोसंगको डेटिङ सिनमा अन्य कलाकारहरुले आक्रमण गरेको एउटा सिन हो । ‘जति धेरै माया’लाई साहित्यकार तथा पत्रकार केशव आचार्यले लेखेका हुन् । गीतमा संगीत प्रशिक्षक कृष्ण योञ्जनको संगीत रहेको छ ।

नयाँ वर्षको शुरुवातमा रिलिज गर्ने तयारीका साथ निमार्ण गरीएको यस म्युजिक भिडियोमा पत्रकार तथा मोडल रमेश तिवारी र नायिका आशिषमा नकर्मी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक योदिन एमएल ले मायामा परेका एक जोडी भित्र भएको पिडा र परिवारबाट भएको हस्तक्षेपलाई भिडियोमा देखाउन खोजीएको जानकारी दिए ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरीसकेका रमेशले नायिका आशिषमासंगको पहिलो सहकार्य भएको बताए । उनले अन्य कलाकारहरुसंग भन्दा आशिषमासंगको सहकार्यमा छुट्टै आनन्द आएको जानकारी दिए । भिडियोलाई ललितपुरको गोदावरी र विनोद तथा करिश्मा मानन्धरद्वारा सञ्चालित केवी फिल्म्स प्रालीको स्टुडीयोमा छायाङ्कन गरीएको हो ।

भिडियोलाई ख्याती प्राप्त क्यामेरा पर्सन ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् । गायक घिमिरेको ‘जति धेरै माया ’ले अडियोमानै राम्रो चर्चा कमाएको छ । लाखौँ श्रोताको मन जित्न सफल घिमिरेले दर्जनौ गीतहरुमा आवाज भरीसकेका छन् । तर आधिकारीकरुपमा बजारमा आउन लागेको ‘जति धेरै माया’पहिलो भिडियो हो । source:khabarbihani

http://ift.tt/2qic55M
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.